शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चर्चित गायक शेर्पा खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा विजयी

सोमबार, ०२ जेठ २०७९, २२ : ४९
सोमबार, ०२ जेठ २०७९

चर्चित गायक गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार शेर्पाले २ हजार ८ सय ८२ मतसहित अध्यक्षमा जित हात पारेका हुन् ।  

 उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत मात्र पाए ।  एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किएका शेर्पाले काँग्रेसको गढ बानिएको खिजिदेम्बामा बस्नेतलाई ५८३ मतान्तरले पराजित गरे ।

यता उपाध्यक्षमा भने काँग्रेसकी सुशिला तामाङ विजयी भएकी छिन् । उनले २ हजार ८ सय २४ मत प्राप्त गर्दा जसपाकी मान कुमारी तामाङले २ हजार २ सय ४१ प्राप्त गरिन् ।


 दुईवर्षदेखि खिजिदेम्बामा जसपाको राजनीति थालेका उनले काँग्रेसको गढ मानिएको पालिकामा विजय हासिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप