शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाको मतगणना रोकियो

सोमबार, ०२ जेठ २०७९, २२ : १९
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।  उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ । 

एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएपछि तनावको अवस्था सिर्जना गरिएको हो । 

‘एक नम्बरको मतगणनास्थलमा एउटै पदमा सूर्य र हलो देखियो त्यो बदर भयो । तर, ७ नम्बरको गणना स्थलमा रुख र हँसिया हथौडामा एउटै छाप देखियो त्यहाँ भने बदर भएन’, उनले भने, ‘बदर हुने र नहुनेमा दुई पक्षबीच चर्काचर्की हुन पुग्यो ।’
 
यसबारेमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीसँग राय लिइएपछि बदरको निर्णय सुनाएका थिए । त्यसपछि  एमालेका प्रतिनिधिले ‘कर्मचारी बायस्ड र  एकपक्षीय छ’ भन्ने आरोप लगाउँदै होहल्ला गर्न थालेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप