साकेलाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् ।
रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी काँग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् ।
एमालेका अध्यक्षका उम्मेदवार गोपीकृष्ण खड्काले ९६७ र उपाध्यक्षका उम्मेदवार दिलकुमारी राईले ९८६ मत पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा विजयी बनेका खड्का र उपाध्यक्षमा निर्वाचित खड्का भने यस चुनावबाट पराजित भएका छन् । पाँच वडा रहेको गाउँपालिकामा ४९३४ मत खसेकामा ९८ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी