शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका २७ पालिकाको नजिता सार्वजनिक : कहाँ कुन दल विजयी ?

सोमबार, ०२ जेठ २०७९, २२ : ०९
सोमबार, ०२ जेठ २०७९

७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशका सोमबार बेलुका  १० बजेसम्म आइपुग्दा २७ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ  । जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी १२ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रले जितेको छ  । यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले ३÷३ वटा पालिकामा नेतृत्व पाएका छन्  ।

 १० जिल्लामध्ये अहिलेसम्म सुर्खेत र जाजरकोटका कुनै पनि पालिकाको मत गणना सकिएको छैन् । दैलेखमा ०७४ सालमा शुन्य रहेको माओवादीले दुई पालिका अध्यक्ष जितेको छ  भने एमालेले  भैरवी, भगवती, महाबु गाउँपालिका गुमाएको छ । ०७४ मा यी पालिकाहरुमा एमालेले नेतृत्व पाएको थियो । जसमध्ये महाबु गाउँपालिका एमाले विभाजनपछि एकीकृत समाजवादीले पाएको थियो । यस्तै काँग्रेसले नेतृत्व पाएको गुराँस  र डुङ्गेश्वर गाउँपालिकामा यो पटक एमालेले जितेको छ भने काँग्रेसले नै नेतृत्व गरेको नौमुले गाउँपालिका माओवादीले जितेको छ। रुकुम पश्चिमको अहिलेसम्म सानीभेरी गाउँपालिकाको नजिता मात्र सार्वजनिक भएको छ  । एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले डोल्पाका दुई र सल्यानको एक पालिकामा नजिता निकालेको छ । 

यसअघि माओवादीले वर्चश्व जमाएका कालिकोटको  तिलागुफामा एमाले–काँग्रेस मिलेर पराजित गरेका छन् भने अन्य पालिकाहरु पनि गुमाएको छ  । ०७४ मा निर्वाचित भएर पाँच बर्षे कार्यकाल चलाएका अधिकांश उम्मेदवारहरू यो पटकको चुनावमा पराजय भएका छन् । पाँच दलीय गठबन्धन भनेपनि अधिकांश पालिकामा गठबन्धन कायम हुन सकेन् । कतिपय पालिकाहरुमा एमाले–काँग्रेस, काँग्रेस–माओवादी, एकीकृत समाजवादी–माओवादी र एउटा पालिकामा एमाले र एकीकृत समाजवादी नै मिलेर जित हासिल गरेका छन् । नतिजा सार्वजनिक भएका २७ पालिका मध्ये दैलेखको भैरवीमा मात्रै महिलाले अध्यक्षमा जितेकी छन् । त्यहाँ काँग्रेसबाट रिताकुमारी शाहीले जितेकी हुन् । 
यी हुन् काँग्रेसले जितेका पालिकाहरु 
—ठूलोभेरी नगरपालिका, डोल्पा 
—तिलागुफा नगरपालिका, कालिकोट
— महावु गाउँपालिका, दैलेख 
—भैरवी गाउँपालिका, दैलेख
—महाबु गाउँपालिका, दैलेख 
— खार्पुनाथ गाउँपालिका, हुम्ला 
— कुमाख गाउँपालिका, सल्यान
—सिद्धकुमाख गाउाँपालिका, सल्यान
— त्रिवेणी गाउँपालिका ,सल्यान 
—कनकासुन्दरी गाउँपालिका, जुम्ला 
— हिमा गाउँपालिका, जुम्ला 
— मुगूम कार्मारोङ गाउँपालिका, मुगु 
१२)
माओवादीले जितेका पालिका प्रमुखहरु
— नौमुले गाउँपालिका, दैलेख 
—भगवतीमाई गाउँपालिका, दैलेख 
—ताँजाकोट गाउँपालिका, हुम्ला 
— सानीभेरी गाउँपालिका, रुकुम पश्चिम 
— नाम्खा गाउँपालिका,हुम्ला
— पलाँता गाउँपालिका , कालिकोट 
— जगदुल्ला गाउँपालिका, डोल्पा 
— मुड्केचुला गाउँपालिका, डोल्पा 

एमालेले जितेका पालिका प्रमुखहरु
— गुराँस गाउँपालिका, दैलेख 
—डुङ्गेश्वर गाउँपालिका , दैलेख 
— शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा
३ 
एकीकृत समाजवादीले जितेका पालिका प्रमुखहरु
— काइके गाउँपालिका, डोल्पा
– छार्काताङसोङ गाउँपालिका , डोल्पा 
—कपुरकोट गाउँपालिका, सल्यान

स्वतन्त्र 
१ —खाँडाचक्र नगरपालिका, कालिकोट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप