शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका तीन नगरपालिकाको प्रमुखमा काँग्रेस अगाडि

सोमबार, ०२ जेठ २०७९, २२ : ०८
सोमबार, ०२ जेठ २०७९

भक्तपुरको मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण गरी तीन नगरपालिकाको मेयरमा काँग्रेस अग्रस्थानमा रहेको छ । सोमबार साँझसम्म मध्यपुर थिमीमा काँग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ ९०८८ मतका साथ अग्रस्थानमा छन् । श्रेष्ठलाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मदनसुन्दर (जगुलु) श्रेष्ठले ६२७२ मत ल्याएका छन् ।

सूर्यविनायक नगरपालिकामा काँग्रेसका उम्मेदवार निशान ढुंगेल ४३२८ मतका साथ अग्रस्थानमा छन् । ढुंगेललाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का वासुदेव थापाले ३८१० मत ल्याएका छन् ।

चाँगुनारायण नगरपालिकामा काँग्रेस उम्मेदवार जीवन खत्री ४७१६ मतका साथ अग्रस्थानमा छन् । खत्रीलाई पछ्याइरहेकी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की विना बास्तोलाले ४२६३ मत ल्याएकी छन् । जिल्लाको अर्को भक्तपुर नगरपालिकामा भने नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप