बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसले जित्यो १४ मेयर, एमाले र माओवादीले जिते बराबरी

सोमबार, ०२ जेठ २०७९, २१ : ४८
सोमबार, ०२ जेठ २०७९

स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे ९ बजेसम्म सत्तासीन दल नेपाली काँग्रेसले सबै पदमा अग्रता लिएको छ । काँग्रेसले २९३  मेयर पदमध्ये १४ मा जित हात पारेको छ । यसैगरी ८९ स्थानमा अग्रता बनाएको छ ।

यसैगरी  १० उपमेयर जितेको काँग्रेसले ६८ ठाउँमा अग्रता लिएको छ । यस्तै नेकपा एमाले र माओवादी केन्द्रले ३-३ मेयर पद जितेका छन् । यस्तै एमालेले ६१ र माओवादी केन्द्रले २१ ठाउँमा अग्रता लिएको छ ।

एमालेले हालसम्म ७ ठाउँमा उपमेयर जित्दा ७५ मा अग्रता लिएको छ । यस्तै माओवादीले ३ ठाउँमा उपमेयर जित्दा २९ ठाउँमा अग्रता लिएको छ । अन्यले एकमा जित र ३१ मा अग्रता बनाएको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप