शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका विभिन्न स्थानीय तहमा राप्रपाका ३५ वडाध्यक्ष निर्वाचित (विवरण सहित)

सोमबार, ०२ जेठ २०७९, २१ : ४७
सोमबार, ०२ जेठ २०७९

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा देशभरका विभिन्न स्थानीय तहमा राप्रपाले ३५ वडामा विजय हासिल गरेको छ । मतगणनाका क्रममा केही स्थानीय तहमा अग्रता लिइरहेको र हालसम्म विभिन्न नगर तथा गाउँपालिकामा ३५ वडाध्यक्ष राप्रपाले जितेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । उनले २ सय ५० भन्दा बढी वडा सदस्यमा राप्रपा निर्वाचित भएको जनाएका छन् । 
यी हुन् राप्रपाले जितेका वडाहरुको विवरण :  

१. नवलपरासीको रामग्राम नगरपालिका वडा नं- ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल निर्वाचित ।
२. पाँचथरको फिदिम -४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित ।
३. धनुषा गणेशमान चारनाथ नगरपालिकाको वडा नं २ मा राप्रपाका बेचूँ हमालकाे प्यानल विजयी ।
४. शंखरापुर नगरपालिकाको वडा नं ३ मा राप्रपाका सूर्य तामाङ विजयी ।
५. धादिङको रुबिभ्याली वडा नं-४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल विजयी ।
६. धादिङको रुबिभ्याली वडा नं ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी ।
७. धादिङको खनियाबास वडा नं ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी ।
८. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी ।
९. सिद्धार्थनगर नपा कै वडा नं ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी ।
१०. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं १ मा श्यामकुमार आले र प्यानल विजयी ।
११. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा) सहितको प्यानल विजयी ।
१२. भद्रपुर नगरपालिकाको वडा नं ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी ।
१३. दमक नगरपालिकाको वडा नं १० को वडा अध्यक्षमा राजेन्द्र भण्डारी सहितको प्यानल विजयी ।
१४. झापाको हल्दिबारी गाउँपालिकाको वडा नं १ मा देवी थापा सहितको प्यानल विजयी ।
१५. नेपालगन्ज उपमहानगरको वडा नं २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी ।
१६. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी ।
१७. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित ।
१८. नवलपरासीको रामग्राम-३ को वडा ध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित ।
१९. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित ।
२०. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी ।
२१. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित बिजय ।
२२. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं-१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
२३. रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड न.१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित ।
२४. चितवनको माडी नगरपालिका  वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
२५. सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
२६. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित ।
२७. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी ।
२८. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी ।
२९. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
३०. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी ।
३१. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी ।
३२. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल विजयी ।
३३. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी ।
३४. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी ।
३५. नवलपरासीको प्रतापपुर-२ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल विजयी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप