शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबुको फराकिलो अग्रता

सोमबार, ०२ जेठ २०७९, २१ : ३७
सोमबार, ०२ जेठ २०७९

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । ९ हजार ९८० मत गणना हुँदा महर्जनले ३ हजार ६०२ मतको अग्रता लिएका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २ हजार १२७ मत पाएका छन् । 

उपप्रमुखमा भने नेकपा एमालेकी आस्था शाक्यले २ हजार ५५२ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ८४८ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप