शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा २६ वडाको मतगणना सकियो, यस्तो छ नतिजा

सोमबार, ०२ जेठ २०७९, २१ : २१
सोमबार, ०२ जेठ २०७९

पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् । जसमध्ये २६ वटा वडाको मतगणना सकिएको छ । उत्तरगया गाउँपालिकाको ५ वटा वडा, कालिका गाउँपालिकाको ५ वडा, गोसाइँकुण्ड गाउँपालिकाको ६ वडा, आमाछोदिङ्मो गाउँपालिकाको ५ वडा र नौकुण्ड गाउँपालिकाको ५ वडाको मतगणनाको नतिजा आइसकेको छ ।

जसमा एमालेले १२, कांग्रेसले १२ र माओवादीले दुई वडाध्यक्ष पद जितेको छ । नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

यस्तै नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, ५ नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले हालसम्म कालिका १ र उत्तरगया ५ मा जित हासिल गरेको छ । अब नौकुण्ड गाउँपालिका वडा नम्बर ६ को मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप