शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा काँग्रेसको 'क्लिन स्वीप'

सोमबार, ०२ जेठ २०७९, २१ : ०५
सोमबार, ०२ जेठ २०७९

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसका रामपदारथ साह तेली ४ हजार ६६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विनोद कुमार साहले ३ हजार २७१ मत ल्याए ।

त्यस्तै उपाध्यक्षतर्फ काँग्रेसकै श्यामकला यादव ४ हजार ६१० मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी लोसपाकै गीता देवी रायले ३ हजार ३११ मत ल्याएकी छन् । त्यस्तै गाउँपालिकाका सातवटै वडामा काँग्रेसकै वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिए । सर्लाहीमा हालसम्म चार वटा पालिकाको अन्तिम परिणाम आएकोमा तीन वटामा काँग्रेस र एउटामा माओवादी केन्द्रले जित हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप