शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह २ हजार ८ सय मतले अगाडि, उपप्रमुखमा बदर मत धेरै

सोमबार, ०२ जेठ २०७९, २० : ५६
सोमबार, ०२ जेठ २०७९

पर्सा । वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका महानगर प्रमुखका साझा उम्मेदवार राजेशमान सिंह र एमालेका विजयकुमार सरावगीबीचको मतान्तर फराकिलो बन्दै गएको छ । 
साँझ सवा ६ बजेसम्म ७ वटा वडामा भएको मतगणनामा गठबन्धनका साझा उम्मेदवार सिंह सरावगीभन्दा २ हजार ८२७ मतले अगाडि छन् । वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ गरी ७ वटा वडामा १० हजार ४८१ मत गणना गर्दा

सिंहले ५ हजार १३३ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । महानगर प्रमुखमै राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले १५३ मत ल्याएका छन् । हालसम्म प्रमुख पदमा २ हजार ७८६ मत बदर भएको छ । 

यसैबीच उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले अग्रता कायमै राखेका छन् । आलमले ३ हजार ३५९ मत ल्याउँदा एमालेसँग गठबन्धन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पुरुषोत्तमलाल झाले ५४९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाकी बिना जैसवाल कुर्मीको मत २४९ छ भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको ३३५ मत रहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाएका छन् । 
उपप्रमुखमा ४ हजार ५६८ मत सदर हुँदा ५ हजार ९१३ मत बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप