शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेलाई हराउँदै उदयपुरगढीमा समाजवादीका मानबहादुर  विजयी

सोमबार, ०२ जेठ २०७९, २० : ५५
सोमबार, ०२ जेठ २०७९

उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै ८ सय २८ मतान्तरले पराजित गरी सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदवार मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

समाजवादीका मगरले ४ हजार ९४२ मत ल्याउँदा एमालेका खत्रीले ४ हजार ११४ मत मात्र पाए । ०७४ मा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए । एमाले विभाजन हुँदा समाजवादी रोजेका मगरले एमालेलाई नै हराउँदै दोस्रोपटक अध्यक्षमा बाजी मारेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् ।

खड्काले  हजार ६४८ मत पाउँदा एमालेका शोभाकुमारी आलेले ३ हजार ८६३ मत ल्याएर पराजित भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप