
विराटनगरमा सागरभन्दा नागेश १५ सय मतले अगाडि, शिल्पासँग अमरेन्द्र १९ सय मतले पछाडि

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले हालसम्ममा ६ हजार ३ सय ४३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ४ हजार ८ सय ३३ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ३१ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ५ हजार ४ सय ९८ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ३ हजार ५ सय ७७ मत पाएका छन् ।
राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले १ हजार ४ सय १९ मत पाएकी छिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ