राष्ट्रिय सभागृह अगाडि बालेन समर्थकको ‘धर्ना’, प्रशंसासँगै खबरदारी (भिडियोसहित)

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । हालसम्म वडा नम्बर १ र २ को मत गणना सकिँदा दुुई वटै वडामा नेकपा एमालेका उम्मेदवारले जित निकालेका छन् । तर, मेयर पदका हकमा भने काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा छन् । यस्तै नेकपा एमाले र नेपाली काँग्रेस क्रमशः दोस्रो र तेस्रो स्थानमा देखिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडि छन् । मत परिणामको यही ‘ट्रेन्ड’ रहेमा काठमाडौंको मेयरमा साहले जित्नसक्ने अनुमान गरिए पनि दाबी नै गरिहाल्ने अवस्था छैन । ठूलो संख्यामा मत गणना बाँकी रहे पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको भन्दै दिनहुँ भिड लाग्ने र साहको समर्थनमा नाराबाजी गर्ने क्रम भने चलिरहेको छ । महानगरको मत गणनास्थल अर्थात् राष्ट्रिय सभागृह अगाडि हरेक पटक मत अपडेट हुँदा समर्थकहरू नाराबाजीमा उत्रन्छन् । तर, नाराबाजीमा उत्रनेहरु बालेनका भोटरभन्दा समर्थक बढी छन् । काठमाडौं महानगरवासीभन्दा बालेनको क्रेज चिहाउन सभागृह आउनेको संख्या बढी देखिन्छ ।
केटाकेटीदेखि बुढाबुढीसम्म सभागृह अगाडि बालेनको समर्थनमा नाराबाजीमा सहभागी भइरहँदा रातोपाटीले त्यहाँको ‘भोइस’समेत समेट्ने प्रयास गरेको छ । विशेष गरेर दलीय राजनीति र राजनीतिक दलका प्रतिनिधिले आफ्नो भोटको सम्मान नगरेको, झूटा आश्वासन र भाषणमा मात्र समय व्यतित गरेकाले नयाँ आशाका साथ बालेनको समर्थन गरेको उनीहरू बताउँछन् ।
‘बालेन को हो भनेर सामाजिक सञ्जालबाट चिन्यौं, छोराछोरी र केटाकेटीले भनेर चिन्यौं,’ धेरैको उस्तै स्वर छ, ‘अरुले गरेनन्, अब बालेनले गर्छन् भन्ने विश्वास हो र गर्नै पर्छ । समयले माग पूरा हुनुपर्छ । त्यो माग बालेन साह जस्तो पढेको युवा हो ।’
समर्थकहरू पाँच वर्षका लागि बालेनले नै जित्नु पर्ने एउटै रटानमा छन् तर, उनीहरू बालेनलाई पनि झुटा आवश्वासनमा सत्ताको दुरुपयोग गर्न दिने पक्षमा भने देखिँदैनन् ।भन्छन्, ‘आशा बालेनमाथि हो, उहाँले राख्दै आउनुभएको भिजन, ऊर्जा र योजनामाथिको भरोसा हो, यदि भोलि उहाँले पनि धोका दिनुभयो भने यसैगरी सडकमा उत्रिएर विरोध गर्नेछौं, धक्का हान्नेछौं ।’
यसै सन्दर्भमा तयार पारिएको स्थलगत भिडियो रिपोर्ट...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते