शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा एमाले सांसद सुनुवारको गृह वडामा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, २० : १९
सोमबार, ०२ जेठ २०७९

ओखलढुंगाका एमाले सांसद यज्ञराज सुनुवारको गृह वडाको वडाध्यक्ष काँग्रेसले जितेको छ । सोमबार मोलुग गाउपालिका वडा नम्बर ५ मा भएको मत गणनामा काँग्रेसका गोपी कार्की विजयी भएका हुन् । 

कार्कीले ३८४ मत ल्याएर विजयी बन्दा एमालेका गोपाल नेपालले ३७० मत मात्र ल्याए । मोलुग सांसद सुनुवारको गृह वडा हो । आठ वटा वडा रहेको मोलुग गाउपालिकामा  हालसम्म १ मा एमालेका कमल वानिया, २ मा काँग्रेसका टंक बहादुर कार्की,३ मा एमालेका मित्र सुनुवार, ४ मा काँग्रेसका भोलाराज राई, ५ मा काँग्रेसका कार्की विजयी भएका हुन् ।

त्यस्तै ७ र ८ मा एमालेकै हेमबहादुर सुनुवार र सुधीर राई  निर्वाचित भैसकेका छन् । वडान ६ को मतगणना जारी छ । पालिका अध्यक्षमा काँग्रेसका राजन दाहाल र एमलेका उत्तम राई प्रतिस्पर्धामा भएपनि करिव ५ सय मतले राई अघि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप