
काँग्रेसले एमालेबाट खोस्यो कीर्तिपुरमा मेयर-उपमेयर

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसका विजयी भएको छ । काँग्रेसबाट मेयरका उम्मेदवार राजकुमार नकर्मीले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन्।
काँग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याउँदा एमाले बज्राचार्यले ५ हजार ५०७ मत मात्र पाए । उपमेयरमा काँग्रेसकी रुख चुनाव चिन्हमा लडेकी जनता समाजवादी पार्टीकी नेतृत्व शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७ हजार २०६ मत पाएकी छन्।
कीर्तिपुर काँग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ। एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ। ०७४ कीर्तिपुरको मेयर र उपमेयर एमालेले जितेको थियो। २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक काँग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ