
ओखलढुङ्गामा काँग्रेसका कार्यकर्ताले निर्वाचन अधिकृतकै हातबाट खोसेर च्याते मतपत्र

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । चिशंखुगढी गाउँपालिका वडा नम्बर ३ को मत गणनाको क्रममा माओवादीका उम्मेदवारसँग मत बराबर भएपछि काँग्रेस कार्यकर्ताले एउटा मतपत्र च्यातेका हुन् ।
मतपत्र च्यातेको आरोपमा काँग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गाना समेतको समूहले निर्वाचन अधिकृतको हातबाटै मतपत्र खोसी च्यातेका हुन् । मतपत्र च्यात्ने काँग्रेसका जिल्ला सचिव ढुङ्गानासहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डिएसपी सुकदेव खनालका अनुसार यतिबेला जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको छ । पक्राउ परेकाहरुलाई हतकडी लगाएर राखिएको छ ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए । गाउँपालिका अध्यक्षमा माओवादीका निशान्त शर्मा बास्तोला उठेका छन् भने उपाध्यक्षमा काँग्रेसका सन्तोषबाबु थापालाई उठाइएको छ ।
गाउँपालिकामा गठबन्धन गरेपनि वडा तहमा भने गठबन्धन गरिएको थिएन । चिशंखुगढी गाउँपालिका ३ मा काँग्रेसका तर्फबाट मिन बहादुर आले मगर र माओवादीका तर्फबाट भिष्म श्रेष्ठ वडा अध्यक्षमा उठेका थिए । उनीहरुको मत बराबर भएपछि पुन गणना गर्न थालिएको थियो ।
एकपटक मत बराबर भएपछि पुनः मतगणना गर्ने क्रममा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद भएको थियो । विवादकै क्रममा निर्वाचन अधिकृतले नजिकैबाट दलका प्रतिनिधिलाई मतपत्र देखाउने क्रममा काँग्रेसका जिल्ला सहिच ढुङ्गाना लगायतको समूले निर्वाचन अधिकृत कमला काफ्लेको हातबाट मतपत्र खोसेर च्यातेका हुन् । मतपत्र च्यातिएपछि त्यहाँ पुनः मतगणना स्थगित भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ