महोत्तरीको बर्दिबासमा काँग्रेसका बागीको बर्चस्व
सोमबार, ०२ जेठ २०७९, १९ : २२
बर्दिबास नगरपालिकाको वडा न.१३ मा काँग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा काँग्रेस बाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् ।
निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४११ मत प्राप्त गरेका छन् । बर्दिबास नगरपालिकाको वडा न.७,८,१ र १३ मा मतगणना गर्दा वडा न.८ मा माओवादी केन्द्रले जित हासिल गरेको छ भने बाँकी १,७,१३ मा बागी उम्मेदवारहरुले नै जित हासिल गरेका छन् ।
नगरमा पनि काँग्रेसका वागी उम्मेदवार प्रल्हाद क्षेत्री नै अगाडि छन् । उनी निकटम प्रतिद्वन्दी भन्दा दोब्बर मतले अघि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी