रसुवाको चार पालिकाको मतगणना सकियो, २ काँग्रेस र २ एमाले विजयी
रसुवाको पाँच वटा गाउँपालिका मध्ये चार वटा गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाको कालिका, उत्तरगया, गोसाईंकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मतगणना सकिएको हो । चार वटा गाउँपालिकाको मतगणना सकिँदा जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस का उम्मेदवार विजयी भएका छन् । उत्तरगया र गोसाईंकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली काँग्रेस ले जितेको छ । अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले १३४५ मत पाए । उपाध्यक्षमा काँग्रेस की चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नबिना लामाले १२२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए । उनी अहिले पुनः अध्यक्षमा दोहोरिएका हुन् ।
त्यसैगरि रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत पाए । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत पाए ।
त्यसैगरि उपाध्यक्षमा नेपाली काँग्रेस कै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल) ले २ हजार २ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।
गोसाईंकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेस का पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए ।
यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेस की देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कैसाङनुर्पू तामाङले नै जितेका थिए । उनी अहिले पुनः दोहोरिएका हुन् ।
त्यसैगरि उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेस का उपेन्द्र लम्सालले २ हजार ५ सय ६० मत पाए ।
त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेस की सुनितामाया गुरुङले २ हजार ४ सय ५२ मत प्राप्त गरिन् । चमेली गुरुङले २०७४ सालमा भएको निर्वाचनमा उपाध्यक्षमा जितेकी थिइन् । उनी अहिले पुनः दोहोरिएकी हुन् । नौकुण्ड गाउँपालिकामा भने मतगणनाको कार्य जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने