स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी
स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।
स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।
प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । प्रमुखमा कर्माचार्यले ६ हजार ५०४ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका अर्यालले पाँच हजार ६६९ मत ल्याए । उपप्रमुखमा अर्याल र अधिकारीबीच दुई हजार २६९ को मतान्तर रहेको छ ।
त्यस्तैगरी उपप्रमुखमा कांग्रेसकी भगवती रेग्मी अर्याल सात हजार १९७ मतसहित विजयी भइन् भने उनकी प्रतिस्पर्धी सरस्वती अधिकारीले चार हजार ९२८ मत प्राप्त गरिन् ।
नगरपालिका–१, २, ३, ४, ५, ७, ८ र ९ गरी आठवटा वडामा कांग्रेसका अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन् भने वडा नं ६ मा एमालेका अध्यक्ष मात्रै विजयी भएका हुन् । भिरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकामा १३ हजार १३ जनाले मतदान गरेका थिए ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकै हेमा न्यौपाने विजयी भएकी छन्। उनले एमालेकी देवीसरा थापालाई ६३ मतले पराजित गरिन्।
हरिनास गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार बनेका खिमनारायण मानन्धरले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी भएका मानन्धरले चार हजार ७६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका भुजेलले चार हजार ७३२ मत ल्याए ।
मानन्धर यसअघिको निर्वाचनमा विजयी भएर गाउँपालिकाको अध्यक्ष बनेका थिए । दोस्रो पटक अध्यक्षमा झिनो मतान्तरले विजयी बनेका मानन्धरसँग उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी राना थापा २४ मतले विजयी भइन् । उनले चार हजार ७४० मत प्राप्त गरी विजयी भएकी हुन् भने उनका प्रतिस्पर्धी मिठु लम्सालले चार हजार ७१६ मत ल्याइन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा विजयी भए । उनले कांग्रेसकी माया रानालाई एक हजार ६४५ मतान्तरले पराजित गर्दै विजयी भए ।
थापाले ६ हजार ७०० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बनेकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गरिन् । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै सावित्रा कोइराला विजयी भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल