
मुगुको मुगम कार्मारोङको अध्यक्षमा छिरिङ क्याप्ने लामा दोहोरिए

हिमाली जिल्ला मुगुको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छिरिङ क्याप्ने लामा पुनः विजयी भएका छन् । उनी एक हजार ५७१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सोनाम छिरिङ लामाले एक हजार ४८१ मत ल्याए । अध्यक्षमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा पनि विजयी भएका थिए ।
मुगम कार्मारोङमा एमाले र काँग्रेसबीच गठबन्धन थियो । उपाध्यक्षमा भने नेकपा एमालेका छिरिङ पुटी लामा निर्वाचिन भएका छन् । उनले एक हजार ५१६ मत ल्याए ।
उपाध्यक्षमा माओवादीका उम्मेदवार गुरु श्याङ्ग्याप लामा एक हजार ३८५ मत ल्याएर पराजित भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ