म्याकडोनाल्डले स्थायीरूपमै रुस छाड्ने
अमेरिकाको मल्टीनेश्नल रेष्टुरेन्ट म्याकडोनाल्डले स्थायीरूपमै रुस छाड्ने भएको छ । रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सेवा सुरू गरेको ३० वर्षपछि सदाका लागि रुस छाड्ने घोषणा कम्पनीले आज मंगलबार गरेको हो ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९९० मा रुसको राजधानी मस्कोमा अमेरिकाको फास्टफूड रेष्टुरेन्ट कम्पनी म्याकडोनाल्ड स्थापना भएको थियो । उक्त समयमा सोभियत संघले पश्चिमा ब्राण्डलाई आफ्नो देशमा शाखा खोल्न अनुमति दिएपछि म्याकडोनाल्ड मस्को पुगेको थियो ।
त्यसयता, यही वर्ष सन् २०२२ को मार्चमा रुसबाट म्याकडोनाल्डले अस्थायीरूपमा ८५० वटा चेन आउटलेट बन्द गरेको थियो । जुन, अब स्थायीरूपमै सेवा बन्द गर्न लागेको हो । ‘रुसमा रहेको रेष्टुरेन्टका शाखा स्थानीय व्यापारीलाई बेच्न लागिएको छ,’ कम्पनीले भनेको छ, ‘अबको केही समयभित्रै रुसमा म्याकडोनाल्ड रेष्टुरेन्ट र यसका मेनु पाइनेछैन ।’
सेवा बन्द गरेपनि कम्पनीले आफ्नो ट्रेडमार्क (व्यापारिक पहिचान) भने निरन्तर कायम राख्ने बताइएको छ । यसको अर्थ अन्य कुनै पनि कम्पनी वा व्यक्तिले रुसमा म्याकडोनाल्डको नामबाट व्यापार समेत गर्न पाउने छैनन् । म्याकडोनाल्डले रुसमा ६२ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो । म्याकडोनाल्डका प्रमुख क्रिस केम्पिंकजिन्स्कीले रुसमा सेवा बन्द गर्ने निर्णय सहज नभएको बताएका छन् । उनले लामो समयदेखि सेवा नदिइ रुसमा बस्नु सहज नभएकाले स्थायीरूपमै सेवा बन्द गर्न लागेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’