शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह अगाडि

सोमबार, ०२ जेठ २०७९, १७ : ४३
सोमबार, ०२ जेठ २०७९

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फका नगरप्रमुखका उम्मेदार राजेशमान सिंहले ४ हजार ६५७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिजय सरावगीले २ हजार ५९ मत ल्याएका छन् । 
त्यस्तै महानगर प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले १५० मत ल्याएका छन् । महानगर प्रमुखमा एमालेका सरावगीलाई उछिन्दै जसपाका सिंह २ हजार ५९८ मतले अगाडि रहेका छन् । 

साथै महानगरमा उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार इम्तियाज आलमले ३ हजार १० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ४ सय ८९ मत ल्याएका छन् । वीरगञ्ज महानगरमा हालसम्म वडा नं १,२,३१ र ३२ मा  गरी ९ हजार ५३८ मतगणना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप