नेपालमा पनि ‘सुपर डान्सर’ छानिने
भारतको सर्वाधिक रुचाइएको टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ नेपालमा पनि आयोजना हुने भएको छ । ए.डी. रिलिजले यसको फ्रेन्चाइको आधिकारिक रुपमा ‘सुपर डान्सर नेपाल’ गर्ने भएको हो ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको ए.डी. रिलिजले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने उदेश्यले प्रतियोगिता नेपालमा सुरु गर्न लागेको हो । नेपालको प्रमुख शहरहरु पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, काठमाडौं र नेपाल बाहिरका नेपाल भाषीहरु माझ समेत प्रारम्भिक अडिसन मार्फत प्रतियोगी छान्ने भएको छ ।
सहभागी हुन इच्छुकले प्रारम्भिक अडिसन मार्फत सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमको अर्काे उदेश्य नेपालमै डान्समा भविष्य खोजिरहेकाहरुलाई स्थापित गर्ने रहेको आयोजकले जनाएको छ । प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकीय भूमिका निभाउँदै गाइड गर्नेछन् । सुपर जज, सुपर गुरु र सुपर प्रतिभाको प्रस्तुतीले शोको रोमाञ्चकता थप्नेमा आयोजकको विश्वास रहेको छ ।
‘सुपर डान्सर नेपाल’को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समुह वाइल्ड रिपर्ज पनि अनुबन्धित छ । शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शो ३० भाग निर्माण हुने आयोजक ए.डी.रिलिजका कम्युनिकेशन्स् म्यानेजर रश्मि अग्रवालले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा