बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्याकडोनाल्डले स्थायी रूपमै रुस छाड्ने

सोमबार, ०२ जेठ २०७९, १७ : ३८
सोमबार, ०२ जेठ २०७९

अमेरिकाको मल्टीनेश्नल रेष्टुरेन्ट म्याकडोनाल्डले स्थायीरूपमै रुस छाड्ने भएको छ । रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सेवा सुरू गरेको ३० वर्षपछि सदाका लागि रुस छाड्ने घोषणा कम्पनीले आज मंगलबार गरेको हो ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९९० मा रुसको राजधानी मस्कोमा अमेरिकाको फास्टफूड रेष्टुरेन्ट कम्पनी म्याकडोनाल्ड स्थापना भएको थियो । उक्त समयमा सोभियत संघले पश्चिमा ब्राण्डलाई आफ्नो देशमा शाखा खोल्न अनुमति दिएपछि म्याकडोनाल्ड मस्को पुगेको थियो ।

त्यसयता, यही वर्ष सन् २०२२ को मार्चमा रुसबाट म्याकडोनाल्डले अस्थायी रूपमा ८५० वटा चेन आउटलेट बन्द गरेको थियो । जुन, अब स्थायी रूपमै सेवा बन्द गर्न लागेको हो । ‘रुसमा रहेको रेष्टुरेन्टका शाखा स्थानीय व्यापारीलाई बेच्न लागिएको छ,’ कम्पनीले भनेको छ, ‘अबको केही समयभित्रै रुसमा म्याकडोनाल्ड रेष्टुरेन्ट र यसका मेनु पाइनेछैन ।’

सेवा बन्द गरेपनि कम्पनीले आफ्नो ट्रेडमार्क (व्यापारिक पहिचान) भने निरन्तर कायम राख्ने बताइएको छ । यसको अर्थ अन्य कुनै पनि कम्पनी वा व्यक्तिले रुसमा म्याकडोनाल्डको नामबाट व्यापार समेत गर्न पाउने छैनन् । म्याकडोनाल्डले रुसमा ६२ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो ।

म्याकडोनाल्डका प्रमुख क्रिस केम्पिंकजिन्स्कीले रुसमा सेवा बन्द गर्ने निर्णय सहज नभएको बताएका छन् । उनले लामो समयदेखि सेवा नदिइ रुसमा बस्नु सहज नभएकाले स्थायी रूपमै सेवा बन्द गर्न लागेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप