बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा पनि ‘सुपर डान्सर’ छानिने

सोमबार, ०२ जेठ २०७९, १७ : ३५
सोमबार, ०२ जेठ २०७९

भारतको सर्वाधिक रुचाइएको टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ नेपालमा पनि आयोजना हुने भएको छ । ए.डी. रिलिजले यसको फ्रेन्चाइको आधिकारिक रुपमा ‘सुपर डान्सर नेपाल’  गर्ने भएको हो । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको ए.डी. रिलिजले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने उदेश्यले प्रतियोगिता नेपालमा सुरु गर्न लागेको हो । नेपालको प्रमुख शहरहरु पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, काठमाडौं र नेपाल बाहिरका नेपाल भाषीहरु माझ समेत प्रारम्भिक अडिसन मार्फत प्रतियोगी छान्ने भएको छ । सहभागी हुन इच्छुकले प्रारम्भिक अडिसन मार्फत सहभागिता जनाउन सक्नेछन् । 

कार्यक्रमको अर्काे उदेश्य नेपालमै डान्समा भविष्य खोजिरहेकाहरुलाई स्थापित गर्ने रहेको आयोजकले जनाएको छ । 

प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकीय भुमिका निभाउँदै गाइड गर्नेछन् । सुपर जज, सुपर गुरु र सुपर प्रतिभाको प्रस्तुतिले शोको रोमाञ्चकता थप्नेमा आयोजकको विश्वास रहेको छ । 

‘सुपर डान्सर नेपाल’को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समूह पनि अनुबन्धित छ । शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शो ३० भाग निर्माण हुने आयोजक ए.डी.रिलिजका कम्युनिकेशन्स् म्यानेजर रश्मि अग्रवालले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिएकी छन् ।            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप