
लण्डनबाट ‘हनी बनी’ को छायाङ्कन सुरु

फिल्म ‘हनी बनी’ को छायाङ्कन सुरु भएको छ । लण्डनबाट फिल्मको छायांकन सुरु भएको हो । निर्देशक दिवाकर भट्टराईले फिल्म मुहूर्तको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै फिल्मको छायाङ्कन सुरु भएको जानकारी दिएका छन् ।
भारतीय कलाकार अभिमन्यु तोमार, अभिनेत्री जसिता गुरुङ, सलोन बस्नेत, अजुनजंग शाहीलगायत कलाकारको मुख्य अभिनय रहने फिल्म प्रेमकथामा बन्न लागेको हो । तोमारको यो नेपालीमा डेब्यु फिल्म हो । केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु भित्र्याएको थियो । २७ वर्षीय तोमार दिल्लीका स्थानीयवासी हुन् । सन् २००९ बाट उनले मोडलिङ करिअर थालेका थिए ।
निर्देशक भट्टराइले सामाजिक सञ्जालमा लेखेका छन् ‘आजबाट मुहूर्त गर्दै फिल्म ‘हनी बनी’ को काम शुरु गरेका छौ । यो यात्रामा साथ दिने सबैमा हृदयबाट आभार ब्यक्त गर्दछु ।’ निर्देशक भट्टराइले एउटा मिठो आशा र विश्वास लिएर काम सुरु गरेको समेत बताएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ