मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खाँडाचक्र नगरपालिकामा माओवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार विजयी

सोमबार, ०२ जेठ २०७९, १७ : ०५
सोमबार, ०२ जेठ २०७९

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको थियो । शाहीले २९१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याए । नेपाली काँग्रेसका तारा कुमारी शाही १७९३ मतसहित तेस्रो रहिन् ।

उपप्रमुखमा माओवादी उम्मेदवार गणेशबहादुर शाही निर्वाचित भए । शाहीले २९२६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिनाकुमारी शाहीले २३९९ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप