शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा ‘इण्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को शिलान्यास

सोमबार, ०२ जेठ २०७९, १६ : ४७
सोमबार, ०२ जेठ २०७९

नेपाल र भारतका प्रधानमन्त्रीले लुम्बिनीमा ‘इण्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’ को शिलान्यास गरेका छन् । २५६६ औं बुद्ध जयन्तीका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।

उक्त सेन्टर भारतको इन्टरनेशनल बुद्धिस्ट कन्फिडेरेसन अफ इण्डियाले बनाउने छ । ‘हाम्रो सहयोगबाट दशकौँ पुरानो सपना पुरा गर्नमा प्रधानमन्त्री देउवाको महत्वपूर्ण भूमिका छ,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘लुम्बिनी विकास कोषको माध्यमबाट कन्फेडेरेशनलाई जमिन दिने निर्णय देउवाले गर्नुभएको थियो ।’

यस्तै, यो आयोजनाको निर्माण सम्पन्न गर्नका लागि समेत देउवाबाट थप अपेक्षा मोदीले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप