बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीदेवी, दीपिकादेखि अनिलकपुरसम्म, यी हुन् साउथबाट करियर सुरु गर्ने बलिउड कलाकार

सोमबार, ०२ जेठ २०७९, १६ : ४४
सोमबार, ०२ जेठ २०७९

दक्षिण भारतीय (साउथ) अभिनेता महेश बाबुले हालै बलिउडले आफूलाई लिन नसक्ने र हिन्दी फिल्ममा काम गरेर आफ्नो समय खेर नफाल्ने बताएका थिए । उनको अभिव्यक्ति जे भएपनि बलिउडका धेरै कलाकार यस्ता छन् । जो साउथपछि बलिउड भित्रिएका छन् । तीमध्ये केहीको चर्चा अहिले गर्न खोजिएको छ ।

अनिल कपुर :
अभिनेता अनिल कपुरले साउथ फिल्मबाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । साउथमा डेब्यु अघि उनको बलिउड फिल्म ‘हमारे तुम्हारे’ मा सानो भूमिका थियो । अनिलको १९८० मा तेलुगु फिल्म ‘वामसा वृक्षम’ मा मुख्य भूमिका रहेको थियो ।

श्रीदेवी :
अभिनेत्री श्रीदेवीले आफ्नो करियरमा ३०० फिल्म दिएकी छन् । उनका धेरै यस्ता क्यारेक्टर दिएकी छिन्, जसलाई जनताले सधै सम्झिन्छन् । उनले आफ्नो फिल्मी करियर साउथ फिल्मबाट सुरु गरेकी थिइन् । श्रीदेवीले ४ वर्षको उमेरमा सन् १९६७ मा रिलिज भएको तमिल फिल्म ‘कन्थन करुणाई’ उनको डेब्यु फिल्म थियो ।

रेखा :
बलिउडकी सदाबहार अभिनेत्री रेखाका बुबा तमिल उद्योगका सुपरस्टार थिए र उनकी आमा तमिल फिल्मकी अभिनेत्री थिइन् । रेखा जब १ वर्षकी थिइन्, उनले तेलुगु फिल्म ‘इन्ती गुट्टु’ मा सानो भूमिका पाएकी थिइन् । त्यसपछि उनले साउथका धेरै फिल्ममा काम गरिन् ।
 
ऐश्वर्या राय बच्चन :
ऐश्वर्या राय बच्चनको पहिलो फिल्म मणि रत्नमको तमिल फिल्म ‘इरुवर’ थियो  । त्यसपछि उनी अर्को तमिल फिल्म ‘जीन्स’ मा देखिइन् । अहिले उनको यात्रा तमिलदेखि बलिउडसम्म छ । उनी अहिले हिन्दी फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् ।

प्रियंका चोपडा :
बलिउडपछि प्रियंका चोपडाले हलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् । उनले पनि साउथ फिल्मबाट अभिनयमा प्रवेश गरेकी हुन् । सन् २००२ मा ‘हमराज’बाट बलिउडमा डेब्यु गर्न लागेकी थिइन्, तर केही कारणले फिल्मबाट बाहिर भएकी उनले सोही वर्ष तमिल फिल्म ‘थामिझान’ बाट डेब्यु गरिन् ।

दीपिका पादुकोण :
दीपिका पादुकोण फिल्म ‘ओम शान्ति ओम’बाट बलिउड डेब्यु गरेकी हुन् । उनको अभिनयको पहिलो फिल्म कन्नड भाषाको ‘ऐश्वर्या’ रहेको थियो । त्यसपछि उनले हिन्दी फिल्म उद्योगमा प्रवेश गरेकी हुन् ।

दिशा पटानी :
दिशा पटानीले तेलुगु फिल्म ‘लोफर’ बाट अभिनय करियर सुरु गरेकी हुन् । तर उनको डेब्यु फिल्म फ्लप भयो । त्यसपछि टाइगर श्राफसँग म्युजिक भिडियो अभिनय गरेकी उनले बलिउडको फिल्म ‘एमएस धोनी’ पाइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप