बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा ‘चेयर फर बुद्धिस्ट स्टडिज’ स्थापना गर्ने दुई देशका प्रधानमन्त्रीको निर्णय

सोमबार, ०२ जेठ २०७९, १६ : ४०
सोमबार, ०२ जेठ २०७९

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गरिने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज दुई देशका प्रधानमन्त्री चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
‘आज लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयमा चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गर्ने निर्णय लिइएको छ,’ प्रधानमन्त्री मोदीले भने, ‘भारत र नेपालबीच रहेका धार्मिकस्थल वर्षौदेखि संस्कृति र ज्ञानको विशाल परम्परालाई गति दिएका छन् ।’

‘आज पनि यी धार्मिक स्थलमा दुनियाँबाट वर्षमा लाखौं मानिस आउँछन् । हामीलाई भविष्यमा यसलाई थप गति दिनुपर्छ,’ उनले भने, ‘भारत सरकारले भैरहवा र सुनौलीमा संयुक्त चेकपोस्ट बनाउने निर्णय गरेका छौं । र यसको काम समेत सुरू भइसकेको छ ।’

यी चेकपोस्ट बनेपछि दुई देशमा ओहोरदोहोर गर्ने यात्रुलाई चाहिने सुविधा बढ्ने मोदीको भनाइ छ । भारतबाट आउने पर्यटक सजिलै नेपालमा आउन सक्ने र व्यापार तथा जरुरी वस्तुको ढुवानीलाई समेत संयुक्त चेक पोस्टले गति दिने मोदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप