बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल युगान्डासँग पराजित

सोमबार, ०२ जेठ २०७९, १६ : २८
सोमबार, ०२ जेठ २०७९

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको हो ।

युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् । डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भइन् । कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् । नेपालका लागि ओपनरमा आएकी कविता कुँवर ११ रनमा अविजित रहिन् ।

युगान्डाकी कोन्सी अवेको र सारा एकीटेङले दुई–दुई विकेट लिए । जनेट एमबाबाजीले १ विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनाएको थियो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन् । रता एनयागेन्गोले १८ रन बनाउँदा केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक–एक विकेट हात पारिन् । जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप