शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी चर्चित हस्तीले सुरु गरेका थिए साउथ इण्डियन फिल्मबाट करिअर

सोमबार, ०२ जेठ २०७९, १५ : ५१
सोमबार, ०२ जेठ २०७९

केहीअघि महेश बाबुले बलिउडले उनलाई ‘धान्न’ नसक्ने प्रतिक्रिया दिए। यो भनाइको धेरै चर्चा भयो । महेश बाबु तेलुगु भाषी फिल्म उद्योगका चर्चित स्टार हुन्। महेश बाबुले बलिउड फिल्म उद्योगमा खेल्न अनिच्छा देखाए पनि अरु कैयौं दक्षिण भारतीय कलाकारले  विगतमा बलिउडमा काम गरेका उदाहरण छन् । त्यस्तै आजका केही बलिउड स्टारले तिनको फिल्मी करियर दक्षिण भारतीय क्षेत्रका फिल्मबाट गरेका थिए।  

अनिल कपूर
अनिल कपूरले प्रमुख अभिनेताको रुपमा दक्षिण भारतीय फिल्मबाट डेब्यु गरेका थिए। साउथ फिल्ममा डेब्यु गर्नुअघि उनी हिन्दी फिल्म ‘हमारे तुम्हारे’ मा देखिएका थिए। तर सो फिल्ममा उनको भूमिका निक्कै छोटो थियो । अनिल कपूरको प्रमुख भूमिका रहेको तेलुगु फिल्म ‘बामसा वृक्षम’सन् १९८० मा सार्बजनिक भएको थियो। त्यसपछि पनि उनले अर्को दक्षिण भारतीय फिल्म उद्योग कन्नड भाषी फिल्म अभिनय गरे। उनले अभिनय गरेको कन्नड फिल्मको नाम ‘पल्लबी अनुपल्लवी’ थियो। 

श्रीदेवी
आफ्नो फिल्म करिअरमा श्रीदेवीले झण्डै ३०० हिन्दी फिल्ममा अभिनय गरिन्। हिन्दी फिल्म उद्योगका कैयौं भूमिकालाई अझै मानिसहरु सम्झन्छन्। आज बलिउड फिल्म उद्योग सबैभन्दा सफलमध्ये एक अभिनेतृले फिल्मी करियर तमिल भाषी फिल्मबाट गरेकी थिइन्। श्रीदेवीले ४ वर्षको उमेरदेखि बाल कलाकारको रुपमा तमिल फिल्म खेल्न थालेकी थिइन्। उनको पहिलो फिल्म ‘कन्थन करुणाई’ थियो, जुन सन् १९६७ मा रिलिज भएको थियो।  

रेखा
बलिउडकी सदाबहार नायिका भनेर चिनिने रेखा पहिले तलिम फिल्म उद्योगकी सुपरस्टार थिइन्। रेखा १ वर्षको उमेरदेखि नै फिल्ममा देखिन थालेकी थिइन्। उनी त्यति सानो उमेरमा देखिएको फिल्म ‘इन्ति गुट्टु’ हो । त्यसपछि उनले कैयौं दक्षिण भारतीय फिल्ममा काम गरिन्। 

ऐश्वर्या राय
ऐश्वर्या रायको पहिलो फिल्म ‘इरुवर’ थियो, जो मणि रत्नमको निर्देशन रहेको तमिल फिल्म थियो। त्यसपछि पनि उनी ‘जीन्स’ नामक तमिल फिल्ममा देखिईन्। तमिल फिल्म उद्योगबाट उनको यात्रा बलिउडतर्फ मोडियो। अहिले उनी बलिउडकी चर्चित अभिनेतृको रुपमा चिनिन्छन्। 

प्रियन्का चोपडा
प्रियन्का चोपडा बलिउडपछि अहिले हलिउड फिल्ममा पनि देखिन थालेकी छन्। तर उनको फिल्मी करिअर दक्षिण भारतीय फिल्महरुबाट सुरु भएको थियो । सन् २००२ मा उनी ‘हमराज’मा अनुबन्ध भएकी थिइन् । तर पछि उनी सो फिल्मबाट बाहिरिन्। सोही वर्ष चोपडा अभिनित तमिल फिल्म ‘थमिजान’ फिल्म रिलिज भएको थियो । 

दीपिका पादुकोण
फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा कदम राखेकी दीपिका पादुकोणको पहिलो फिल्म कन्नड भाषाको फिल्म ‘ऐश्वर्या’ थियो। त्यसपछि उनले हिन्दी फिल्म उद्योगमा कदम राखिन्। 

दिशा पटानी
दिशा पटानीले सन् २०१५ को तेलुगु फिल्म ‘लोफर’ बाट फिल्म करिअर सुरु गरेकी थिइन्। त्यसपछि उनी टाईगर श्राफ ‘बेफिक्रा’ गितको म्युजिक भिडियोमा देखिईन्। यो गितपछि उनलाई भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानको जीवनीमा आधारित हिन्दी फिल्म ‘एमएस धोनी’ मा अनुबन्ध गरियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप