शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

सोमबार, ०२ जेठ २०७९, १५ : १८
सोमबार, ०२ जेठ २०७९

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सापकोटाको सचिवालयका अनुसार सभामुखले संसद भवनको शंकर हलमा बस्नेगरी संघीय संसद प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । 

मंगलबार नै प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक मंगलबार चार बजेका लागि बोलाइएको छ ।  सभामुख सापकोटाले सोमबार संघीय संसदको बजेट अधिवेशनको तयारीका सन्दर्भमा संसद भवन कक्षको अवलोकन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप