भक्तपुरमा प्रजापतिले गराए १३ उम्मेदवारको जमानत जफत
भक्तपुर नगरपालिकामा मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापतिले ८ दलका र ५ स्वतन्त्र उम्मेदवारको जमानत जफत गराइएदिएका छन् । प्रजापतिले खसेको मतको दुई तिहाइ बढी मत एक्लै ल्याएपछि अन्य उम्मेदवारको जमानत जफत भएको हो ।
प्रजापतिले दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा २९ हजार २ सय ल्याएका हुन् । जमानत जोगाउन खसेको मतको १० प्रतिशत कटाउनुपर्छ । भक्तपुरमा प्रजापतिसँग प्रतिस्पर्धामा ८ वटा दल र पाँच जना स्वतन्त्र उम्मेदवार थिए ।
भक्तपुरको मेयरमा काँग्रेसका रामप्रसाद कासुला, एमालेका रवीन्द्र लाछिमस्यु, राप्रपाबाट बद्री लाखाजु, माओवादी केन्द्रबाट तुलसीभक्त सुवाल, राजमोका रामभक्त किजु, मौलिक जरोकिलोबाट कृष्णराम प्रजापति, नेपाः राष्ट्रिय पार्टीबाट गोपालदास बनेपाली र स्वतन्त्र रुपमा सत्यराम त्वायना, अनिल लावजु, रामसुन्दर धुसु, नीलनारायण कोजु र बलराम प्रजापति उम्मेदवार बनेका थिए ।
यी सबै उम्मेदवारको मत जोड्दा ११ हजार २ सय ४९ मत हुन्छ । उनीहरु सबैको मतभन्दा मेयर प्रजापतिले १८ हजार ३ मत बढि लयाएर जितेका हुन् । त्यसमध्ये निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मत ल्याए । ४३ हजार ३७४ मत खसेको उक्त नगरमा जमानत जोगाउन कम्तिमा चार हजार कटाउनुपर्ने थियो । २०७४ को निर्वाचनमा प्रजापतिले २५ हजार ७३० मत ल्याएका थिए ।
भक्तपुरको उपमेयरमा पनि नेमकिपाका बाहेक उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपमेयरमा नेमकिपाकै रजनी जोशीले २९ हजार ६९५ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)