
हुम्लाको नाम्खामा माओवादीका प्रेमबहादुर विजयी

हुम्लाको नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा विजयी भएका छन् । उनले १४६६ मतसहित विजयी भएका हुन्।
उनले स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामालाई पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवार लामाले ६६२ मत पाएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका तक्दिर लामा विजयी भएका छन्। उनी १०९४ मतसहित विजयी भएका हुन्। पुतली चिन्ह पाएका उपाध्यक्षका उम्मेदवार लाक्पा नुर्बु लामा ६५ मतसहित दोस्रो भएका छन्।
यस गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। वडा नं ६ का उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए । यो पालिकामा काँग्रेस–माओवादीको गठबन्धन थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ