बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहालले घटाइन् मतान्तर, अझै ३८ मतले पछाडि

सोमबार, ०२ जेठ २०७९, १४ : ४६
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तरलाई घटाएकी छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका सुवेदीले ४ हजार ४५१ मत पाएका छन् भने दाहालले ४ हजार ४१३ मत पाएकी छन् ।

यसअघि मत परिणाम सार्वजनिक हुँदा सुवेदीसँग ६१ मतले पछाडि परेकी दाहालले सो अन्तरलाई कम गर्दै अहिले ३८ मत अन्तर बनाएकी हुन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९४० मत पाएका छन् ।
यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १९२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ५४० मत पाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप