बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

सोमबार, ०२ जेठ २०७९, १४ : ४१
सोमबार, ०२ जेठ २०७९

युगान्डाले पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्‍ट्रिय क्रिकेट नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो ।

युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन् । रिता एनयागेन्गोले १८ रन बनाउँदा केभिन अविनोले १५ रनको योगदान गरिन् । त्यस्तै जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाउँदा रिता मुसामालीले अविजित १३ रन जोडिन् ।

बलिङतर्फ नेपालका कविता कुँवरले दुई विकेट लिइन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक–एक विकेट लिइन् । नेपाल आज खेल सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।

यता युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप