
ताप्लेजुङको मेरिङदेनमा काँग्रेस विजयी

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली काँग्रेसबाट युकहाङवीर हाङ्गाम (डम्बर) विजयी भएका छन् । उनले दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले)का केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङबाङ विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत प्राप्त गरेका थिए ।
मेरिङदेनको छ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेको छ भने ४ नं मा काँग्रेस र ३ नं मा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ