
सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।
भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । नेपाल बार एसोसिएसनको लोगो अङ्कित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा गएका थिए ।
अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानुनमा स्नातकोत्तर उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डा प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ