बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले एमालेलाई फर्कायो जवाफ : नतिजाले अत्तालिएको पायौँ (विज्ञप्तिसहित)

सोमबार, ०२ जेठ २०७९, १४ : ०१
सोमबार, ०२ जेठ २०७९

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पाएको मतबाट नेकपा एमाले अत्तालिएको आफूहरुले पाएको टिप्पणी गरेको छ। एमालेले आइतबार विज्ञप्ति जारी गरेर चुनावमा धाँधली भएको आरोप लगाएपछि काँग्रेसले संस्थागत रुपमै यस्तो जवाफ फर्काएको हो । 

‘निर्वाचनमा नेपाली काँग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम  र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौँ’, सोमबार प्रवक्ता प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘निर्वाचनमा नेपाली काँग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम  र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले)अत्तालिएको हामीले पाएका छौँ’, सोमबार प्रवक्ता प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरूका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाउँहरुमा तालमेल सम्भव दाबी गरेको छ । यस्तै अन्य ठाउँहरुमा मित्रवत प्रतिस्पर्धा पनि काँग्रेसको भनाइ छ । 

राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको यो तालमेललाई गठबन्धनमा संलग्न हुने सबै राजनीतिक दलहरु र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरूको विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको कांग्रेसको निष्कर्ष छ । 

तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि एमालेले योजनाबद्धरुपमा धाँधली भएको भनेर भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको काँग्रेसको भनाइ छ । ‘निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन’, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो । विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो । लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहज रुपमा स्वीकार गर्नुपर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ ।’

सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको पनि काँग्रेसले जनाएको छ । सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पुर्याउन कहिँकतै कमि नभएको पनि काँग्रेसले स्पष्ट गरेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप