
दैलेखको महावुमा निवर्तमान अध्यक्षलाई पराजित गर्दै काँग्रेसका लक्ष्मण गुरुङ विजयी

दैलेखको महाबु गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। पालिकामा बहुमत सदस्यसहित काँग्रेस विजयी भएको हो। एकीकृत समाजवादी उम्मेदवार निवर्तमान अध्यक्ष जंगबहादुर शाहीलाई काँग्रेसका लक्षमण गुरुङले पराजित गरेका हुन् ।
गुरुङले २ हजार ९७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी मानिएका नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका छन्। एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत ल्याएका छन्। शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।
त्यसबेला एमालेबाट निर्वाचित उनी पछिल्लो समय समाजवादीमा गएका हुन् । २०७४ मा एमालेबाटै उपाध्यक्षमा प्रेमकुमारी बुढा निर्वाचित भएकी थिइन्। उपाध्यक्षमा काँग्रेसकी मन्जु पाण्डे निर्वाचित भएका छन्।
पाण्डेले ३ हजार १५५ मत प्राप्त गरेकी छन् । एमालेबाट उम्मेदवार दुर्गा कुमारी सिंहले २ हजार ३०१ मत र नेकपा एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले २ हजार १३३ मत ल्याएकी छन्। ६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा काँग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेका छन्।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ