शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा नेमकिपाका सुनिल प्रजापति २५ हजार मतान्तरले विजयी

सोमबार, ०२ जेठ २०७९, १३ : २५
सोमबार, ०२ जेठ २०७९

भक्तपुर नगर प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निर्वाचित भएका छन् । २९ हजार २ सय मत ल्याएका उनले निकटतम प्रतिस्पर्धीलाई २५ हजार मतले हराएका छन् । उनी पछि कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ३ सय ५२ मत पाएका छन् । तेश्रो स्थानमा रहेका एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६ सय ६७ मत पाएका छन् ।

यस्तै उपमयेरमा पनि नेमकिपाबाट नै रजनी जोशी निर्वाचित भएकी छिन् । उनले २९ हजार ६९५ मत ल्याएकी छिन् । उनका प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय २४ मत र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप