बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले जित्यो एक हजारभन्दा बढी वडाध्यक्ष, अन्य दलले कति जिते ?

सोमबार, ०२ जेठ २०७९, १३ : २४
सोमबार, ०२ जेठ २०७९

सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा एक हजारभन्दा बढी वडाध्यक्ष जितेको छ । काँग्रेसले एक हजारभन्दा बढी वडा अध्यक्षमा जितेको निर्वाचन आयोग जनाएको छ । आयोगले सार्वजनिक गरेको सोमबार दिउँसो १ बजेसम्मको परिणामअनुसार काँग्रेस १ हजार ३२ वडामा विजय भएको छ । काँग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।

निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिलेसम्म  ७ सय ९९ वडाध्यक्षका उम्मेदवार विजय भएका छन् । एमालेका १०५ वडा अध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् । नेकपा (माओवादी केन्द्र) ले ४ सय ५३ वडाध्यक्ष जितेको छ ।  माओवादीका उम्मेदवारले ४० वडाध्यक्ष अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीका ६२ वडाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् । ६ वडामा एकीकृत समाजवादीले अग्रता लिइरहेका छ । अन्य राजनीतिक दल र स्वतन्त्र गरी १ सय ६३ वडाध्यक्षले जित हासिल गरेका छन् भने ४६ जनाले अग्रता लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप