बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

युगान्डाविरुद्ध फिल्डिङमा नेपाल, अश्मिनाको डेब्यू

सोमबार, ०२ जेठ २०७९, १३ : १७
सोमबार, ०२ जेठ २०७९

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा विरुद्धको पहिलो महिला टी–ट्वान्टी अन्तराष्ट्रियमा बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । आजको खेलमा नेपाल सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । 

यता युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ । आजको खेलमा अस्मिना कर्माचार्यले डेब्यू गरेकी छन् ।  घरेलु प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेकी हुन् । अन्तराष्ट्रिय क्रिकेट खेल्न लागेको १५ वर्षपछि नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । 

नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप