बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टोल फ्री नम्बरबाट बजेटबारे आए सुझाव

सोमबार, ०२ जेठ २०७९, १२ : ५२
सोमबार, ०२ जेठ २०७९

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले संचालन गरेको टोल फ्री नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएको जनाएको छ ।

देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएको भन्दै मन्त्रालयले अहिले यी सुझावहरूको अध्ययन गरेर आगामी आबको बजेटमा समावेश गर्न खोजिरहेको जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उदेश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।

अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट  निर्माणमा केन्द्रित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप