मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमको सानी भेरीमा  माओवादीले जित्यो

सोमबार, ०२ जेठ २०७९, १२ : ५०
सोमबार, ०२ जेठ २०७९

रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्।

उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका निर्वाचित भएकी छन्। उनले ५ हजार ९५८ मत ल्याएकी छन्। एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश खड्काले ३४२० मत ल्याएका छन्। सानीभेरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेससबीच गठबन्धन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप