शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलकोटगढी नगरपालिकामा उपमेयरमा कडा टक्कर

सोमबार, ०२ जेठ २०७९, १२ : ४०
सोमबार, ०२ जेठ २०७९

नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरका उमेदवार र नेकपा एमालेको उमेदवारबीच कडा टक्कर देखिएको छ । केही समय अघिसम्म फराकिलो मतान्तरले उपमेयरमा लिड गरिरहेका गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका शिव दाहाललाई पछ्याउँदै एमालेका उमेदवार रुपा सापकोटाले भेट्नै लागेकी छन् । हालसम्मको मत परिणामअनुसार यी दुई  उमेदवारको मतान्तर १ मतले मात्र तलमाथि परेको छ।

दाहालले २०७४ मत प्राप्त गर्दैगर्दा सापकोटाले २०७३ मत ल्याएकी छिन् । यता मेयरतर्फ भने नेकपा माओवादी केन्द्रका जगत लामाले दोब्बर मतले अग्रता कायम गरिरहेका छन् । लामाले हालसम्म २९८३ मत ल्याउँदै गर्दा एमालेका उमेदवार राजेन्द्ररमण खनालले जम्मा १६५२ मत मात्र प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप