शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा काँग्रेसले खाता खोल्यो, मेयरमा मोहन बस्नेत विजयी

सोमबार, ०२ जेठ २०७९, १२ : २१
सोमबार, ०२ जेठ २०७९

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी उपमेयरमा पनि काँग्रेसले नै जीत हासिल गरेको छ ।

यससँगै काँग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा काँग्रेसका मोहन बस्नेत विजयी भएका हुन्। बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगरप्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०१ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाए । नगर उपप्रमुखमा पनि काँग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भइन् ।  तामाङले सात हजार ६२३ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाइन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप