शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

सोमबार, ०२ जेठ २०७९, १२ : १७
सोमबार, ०२ जेठ २०७९

गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।

इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागि छन् ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन सर्वोच्च शिखर चढेका लामाले सगरमाथाको ६,५७४ मिटर उचाइमा एक कन्सर्ट समेत गरेका थिए । लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक हुन् । उनका थुप्रै गीत नेपाली सांगीतिक आकाशमा हिट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप